ट्राफिक नियम उल्लंघन रोक्न स्मार्ट क्यामेरा जडान

काठमाडौं – ओभर स्पिड रोक्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) स्मार्ट क्यामेरा जडान गरेको छ ।

यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ ।

ट्राफिक नियम पालना नगरेको अवस्थामा साक्षीले सत्य नबोल्ने चुनौतीलाई यो प्रविधिले यथार्थ देखाएर अनुसन्धानमा सघाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी निदेशराज मैनालीले बताए ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा हाल कोटेश्वरसँगै बालाजु बसपार्क र महाराजगन्जमा पनि यस्तो क्यामेरा जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *