सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या अभियोग एकजना पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेको छ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका-२ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई उक्त व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।
उनी उपर  जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *