भारतको गुजरातमा डुङ्गा दुर्घटना : १४ को मृत्यु, छ जना बेपत्ता


काठमाडाैं – भारतको गुजरातमा डुङ्गा दुर्घटना हुँदा १४ को मृत्यु भएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन् । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुबेर दुर्घटनामा भएको हो ।

हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको मृत्यु भएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ ।

हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया