अवैध हुन्डी तथा सुन कारोबारको आरोपमा तीनजना पक्राउ

काठमाडौं – हुन्डी तथा सुन कारोबारको आरोपमा तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई दुई करोड नगदसहित गएराति पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् ।

ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *