मलामी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु


काठमाडौं – मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा डुङ्गा नदीमा दुर्घटना हुँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा प्रमुख थोमस जिमासेका अनुसार मलामीका लागि गएका झण्डै ३ सय जना सवार डुङ्गा पल्टिएको हो ।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियो अनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रवार मपोको नदीमा पल्टिएको थियो ।

‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ’, थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन । बेपत्ता भएकाहरूको खोजी जारी छ ।’

प्रतिक्रिया