लमजुङको स्याँगेमा आगलागीमा परी एक जनाको मृत्यु


लमजुङ – लमजुङको स्याँगेमा एक घरमा आगलागीमा हुँदा एक महिलाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा पसलसहितको घरमा बिहीबार राती आगलागी भएको हो ।

आगलागीमा परी ४४ वर्षीया सन्तमाया श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाँचेका छन् । आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ ।

प्रतिक्रिया