आज ललितपुरका यी ठाउँमा ४ बजेसम्म बत्ती नआउने


काठमाडाैं – ललितपुरका विभिन्न ठाउँमा आज बिहान १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको छ ।

चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा ६ घण्टासम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया