तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बजारमा आज सुनको मूल्य एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो(बिहीबार) तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो एक हजार तीन सय ९० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *