बोक्सीको आरोपमा हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ

काठमाडौं – बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेकाे शिखर आम्बोटे-३ घर भएका ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज पर्ने दुवै मगरले बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पुष २४ गते पक्राउ गरी मिति २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो ।

टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात् शुक्रबार आवश्यक कानूनी कारबाहीको लागी जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *