न्युरोडमा आजदेखि गाडी पार्किङमा रोक


काठमाडाैं – न्युरोड क्षेत्रका कालोपत्र सडकमा आजदेखि गाडी पार्किङमा रोक लागेको छ । काठमाडाैं महानगरले काठमाडाैं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न रोक लगाएको हो ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडाैं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे गाडी पार्किङ गर्न सकिने जानकारी दिए । उनले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए ।

उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा अब पार्किङ गर्न पाईंदैन । यसअघि झोँछे क्षेत्रमा गाडी पार्किङमा रोक लागिसकेको छ।

प्रतिक्रिया