भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई अध्यागमनले रोक्यो


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई फिर्ता गरेको छ। यात्रा शंकास्पद लागेपछि अध्यागमनका अधिकारीहरूले उनीहरूलाई प्रस्थान अनुमति नदिएको हो।

फिर्ता हुनेमा अधिकांश दुबई जाने लागेकाहरू छन्। भिजिट भिसामा दुबई, श्रीलंका ,बहराइनलगायत मुलुक जान लागेका उनीहरूले आफ्नो भ्रमणको उद्देश्यबारे अध्यागमनका अधिकारीसमक्ष बताउन सकेनन्। त्यसरी जान खोज्नेहरू यसअघि कुनै पनि मुलुकको भ्रमण गरेका थिएनन्।

अध्यागमनबाट फिर्ता हुनेमा मोरङका सुवास राजबंशी, डोटीका दिपकराज ओझा, सल्यानका विजन रोका, उदयपुरका सुदिप पौडेल, स्याङ्जाका विक्रम बिक र अनिष खत्री ,कास्कीका नविन डांगी, संखुवासभाका विजय श्रेष्ठ, बर्दियाका सुमन बिक र चितवनका प्रकाश महतो रहेका छन्।

यसैगरी दिलकुमार बाइबा, गंगाराम लिम्बू, सन्देश भुसाल, कविन गिरी, सुरजप्रसाद भुर्तेल, हिमबहादुर भण्डारी, सुजनबहादुर बस्नेत, कुमार विर्कत्ता मगर, सुदिप पौडेललगायत ८४ जनालाई अध्यागमनले भ्रमण शंकास्पद भन्दै फिर्ता गरेको हो। पछिल्लो समयमा भिजिट भिसामा विभिन्न मुलुक जाने यात्रुहरूमाथि त्रिअवि अध्यागमन कार्यालयले कडाइ गर्दै आएको छ।

प्रतिक्रिया