एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र


काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले पत्र बुझाएको हो ।

गएको मंसिर १४ देखि पुस १ गतेसम्म गरिएको सङ्कल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको एमालेले जनाएको छ ।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी क्षेत्रका समस्यालाई मुख्य रुपमा उठाइएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७ सय ५१ वटा माग तथा सुझाव सरकारलाई दिएको बताए । पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिक्रिया