तराईमा उद्धार गरेको हिउँचितुवा चिडियाखानामा


काठमाडौं – मोरङको चारघरेमा भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानामा राखिएको छ । आज (शुक्रबार) ललितपुर ल्याइएको हिउँचितुवालाई सदर चिडियाखानाको आइसोलेसनमा राखिएको हो ।

उर्लाबारीमा ९ गते फेला परेको हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रुपमा उद्धार गरेको थियो । हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा तराई (समुद्र सतहदेखि १४६ मिटर उचाइ) मा भेटिएको थियो ।

उर्लाबारीमा भेटिएको हिउँ चितुवाको विषयमा प्रकृति संरक्षण कोषले अस्वाभाविक भएको बताएको छ । कोषका अनुसार विश्वमा पाँच हजारदेखि ५ हजार ८०० मिटर उचाइ क्षेत्रमा पाइने हिउँ चितुवा नेपालमा भने दुई हजारदेखि ६ हजार मिटर उचाइमा पाइन्छ ।

प्रतिक्रिया