राष्ट्रिय सभामा सुदूरपश्चिमबाट तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


कञ्चनपुर – सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

चन्दले ४,४५३ मत, भट्टले ४,४१९ मत, बोहराले ४,३४७ मत पाएका छन् । सत्तारुढ गठबन्धनमा दुई सिटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । उनीहरु विजयी भएको औपचारिक घोषणा हुने बाँकी छ ।

प्रतिक्रिया