वीरगञ्ज र ईशनाथको अवस्था सामान्य, कर्फ्यु हट्यो


काठमाडाैं – पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ । अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो ।

गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ । अवस्था सामान्य भएपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

ईशनाथ-७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया