कांग्रेस महासमिति बैठक : सभापतिलगायतको जवाफसहित आजै सम्पन्न हुने


काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक आज (बिहीबार) पनि जारी रहने छ ।

गत सोमवारदेखि शुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँच वटा प्रतिवेदनमाथि हिजो समूहगत छलफल सकिएपछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन् ।

गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार विभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समूहगत छलफलपछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पूर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समूह बनाइ छलफल गरिएको थियो । हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसको जवाफ दिएर महासमिति बैठक समापन गरिने भएको छ ।

प्रतिक्रिया