काठमाडौंका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन पेस


काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको चरित्र हत्या गरेको सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौंले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो । पौडेलले मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।

प्रतिक्रिया