गोरखाको वीरेन्द्र ताल फुट्यो, बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी
काठमाडाैं – गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्याउन सक्ने जोखिम छ ।
बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।