कामिरिता शेर्पा २९ औँ पटक सगरमाथा आराेहण गर्दै


काठमाडाैं – विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा  पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । गत वर्ष २८ औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका शेर्पा सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका हुन्  ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । आरोहीहरुको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका उनी गन्ती गरेरै नसकुन्जेल सगरमाथा आरोहण गर्ने बताउछन् ।

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ९० जनाले अनुमति लिएका छन् । यद्यपी आरोहण सहयोगीहरुले भने अनुमति लिनुपर्दैन ।

सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम भइसकेको र मौसमले साथ दिएमा वैशाखाको अन्तिम हप्तादेखि आरोहण सुरु हुने पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया