साउन १ देखि पशुपति आर्यघाटको विद्युतीय शवदाह निःशुल्क गरिने


काठमाडाैं – आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटको विद्युती शवदाह गृह निःशुल्क गरिने भएको छ ।

निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावले दाहसंस्कार समस्या नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।

यसैगरी सदस्य सचिव डा. थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवम् सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिए ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव थापाले हिजो विशेष अदालतबाट सफाइ पाएपछि फेरि कार्यभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया