ब्राजिलमा बाढी : ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता


काठमाडाैं – ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् । अस्ति शनिवार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएका त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको हो ।

झण्डै ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन भएर बाँच्न बाध्य भएका छन् । त्यहाँ अझै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बाढी र हावाहुरीका कारण झण्डै २ सय ५० वटा शहर प्रभावित भएका छन् । धेरै सडकमा क्षति पुगेको खबरमा उल्लेख छ ।

केही दिनअघि बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको थियो । फेरि अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बीबीसी

प्रतिक्रिया