लाइसेन्स सम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उनले लाइसेन्सको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूबारे चिन्ता व्यक्त गर्दै यसको समाधानका लागि छिटो निकास निकाल्न निर्देशन दिएका हुन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा यातायात व्यवस्था विभागका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूसँग छलफल गर्दै  प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिस्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए । नक्कली लाइसेन्स वितरणको विषयलाई पनि गम्भीरतापूर्वक लिएको उनले बताए ।

प्रतिक्रिया