तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजी भाषाको रूपमा लागू


काठमाडाैं – बाग्मती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि लागू भएको छ । प्रदेश सरकारले बनाएको सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि कार्यान्वयन भएको हो ।

बाग्मती प्रदेशकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा आज काठमाडाैंको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । यसै अवसरमा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको र्‍याली निकालिएको छ ।

अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ । बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले गएको कार्त्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रतिक्रिया