स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुई युवक सुन तस्करीमा संलग्न


काठमाडौं – दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका दुई युवक सुन तस्करीमा संलग्न खुलेको छ ।

काठमाडौं महानगरपालिका-५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका दुई युवक यसअघि सुन तस्करीमा संलग्न देखिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।

रुपन्देहीको सियारी गाउँपालिका घर भएका उनीहरु दुबै यसअघि सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । बिहीबार उनको बा.१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टोलीले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेको थियो ।

दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा उनीहरुको संलग्नता देखिएको छ । अनुसन्धानबाट उनीहरु संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको एसएसपी भट्टराईले बताए । दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।

प्रतिक्रिया