संयुक्त राष्ट्रसङ्घद्वारा इजरायल र हामासबीच पुनः वार्ताका लागि आह्वान


काठमाडाैं – संयुक्त राष्ट्रसङ्घद्वारा इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ताका लागि आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा राष्ट्रसङ्घका राजदुत टोर वेन्नेसल्यान्डले आग्रह गरेका हुन्  ।

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे-९ मा कायरोमा भएको वार्ता सहमति बीनै टुङ्गिएको थियो । गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको खबर छ ।

राजदुत वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रसङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको युद्धविराम सम्झौता कार्यान्वयनलाई आफूले समर्थन गर्ने बताए । मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धअभ्यास तीव्र भएपछि रफाहमा सुरक्षा अवस्था बिग्रँदै गएको वेन्नेसल्यान्डले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया