महान फुटबलर पेलेकी आमाको निधन


काठमाडौं – महान फुटबलर पेलेकी आमाको १०१ बर्षको उमेरमा निधन भएको छ ।

पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो । पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन् ।

उनी पछिल्लो दुई बर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन । उनी १७ बर्षको हुदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया