भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु


भक्तपुर – भक्तपुरमा गाडीले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । भक्तपुर नगरपालिका-१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा १३ च २२६५ नम्बरको सुमोले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया