साथीले चलाएको गोली लागेर शिकार गर्न गएका एक जनाको मृत्यु


दार्चुला – आफ्नै साथीले चलाएको गोली लागेर जंगलमा शिकार गर्न गएका एक जनाको मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार शनिबार १० बजेतिर शिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको मृत्यु भएको हो । धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार लक्सेरी नागु बस्ने वर्ष अन्दाजी ५३ का जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो ।

गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ । स्थानीयसँग सामान्य सोधपुध गर्दा दुवै शिकारी रहेको बुझिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा प्रहरी टोली खटिएको जनाएको छ ।

प्रतिक्रिया