भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने


नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाईको पहिलो हप्ता रुस भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बीबीसी हिन्दीले जनाएको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उसाकोभले मोदीको भ्रमणको तयारी भइरहेको र दुवै पक्षले चाँडै मिति घोषणा गर्ने बताए । मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमणमा जाने तयारी गरेका हुन् ।

युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्ने भएको छ । पुटिन भने यसअघि सन् २०२१ मा भारत र रुसबीचको शिखर सम्मेलनमा सहभागी हुन भारत आएका थिए ।

प्रतिक्रिया