सौर्य एअरलाइन्सको जहाज दुर्घटना : क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो

सबै सौर्यकै कर्मचारी


काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको जीवितै उद्धार गरिएको छ ।

दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उनले बताए ।

शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाकाे ज्यान गएकाे र चार जनाकाे उद्धार गरिएकाे जनाएकाे छ ।

बिहान ११ बजे पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।

जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

जहाजमा सवार व्यक्तिहरु :

पाइलट: मनिषरत्न शाक्य

काेपाइलट: एस कटुवाल

यात्रु:

अमितमान महर्जन
सागर आचार्य
दिलीप वर्मा
मनुराज शर्मा
अश्विन निरौला
सुदीप लाल जोशी
सर्वेश मरासैन
श्याम बिन्दुकार
नवराज आले
राजाराम आचार्य
प्रिजा काटिवाडा
अधिराज शर्मा
उद्धव पुरी
यज्ञ पीडी पौड्या
सन्तोष महतो
पुण्य रत्न साही
अरेफ रेडा

प्रतिक्रिया