मुस्ताङमा हिमपहिरो, थुनिएको बोक्सी खोला बग्न थाल्यो
काठमाडाैं – मुस्ताङकाे काेबाङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिराे आएर बाेक्सी खाेला थुनिएकाे जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएकाे हो ।
हिमपहिरो खसेर खोँचमा थुप्रिएको र हिउँको थुप्रोले बाेक्सी खोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका-२ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताए । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।
हिमपहिरोले खाेला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ । यस्तै हिमपहिराेका कारण जाेखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेकाे छ । खोलाको छेउछाउ गाईवस्तु चराउन र घाँस काट्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।
हिमपहिराे बस्तीमाथि आएर अड्किएकाे र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । यस्तै जल तथा माैसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेकाे छ ।