पश्चिमका विभिन्न ठाउँमा वर्षा, दिउँसो ठूलो वर्षाको सम्भावना


काठमाडाैं – हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई ठाउँमा हुरी बताससहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया