प्रधानमन्त्री कार्कीको पदबहाली आज : कार्यकक्ष तयार हुँदै, मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडाैं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।

प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त.भएकी हुन् । प्रधानमन्त्री कार्की शुक्रवार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालेकी छन् ।

उनले आन्तरिक छलफल र भेटघाटबाट आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।  यो प्रकृयामा सघाउन जेन-जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् ।

कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेकाे छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *