६ क्लबकाे सहमतिमा युरोपा सुपर लिगको घोषणा


काठमाडौं – प्रिमियर लिगका ६ क्लबले सहमति जनाएसँगै युरोपा सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिता घोषणा भएको छ । १२ क्लबको सहभागिता रहने गरि प्रतियोगिताको घोषणा गरिएको हो ।

युरोपाका १२ क्लबले आइतबार आफ्नो नेत्रित्व रहने गरी युरोपियन सुपर लिगको घोषणा गरेका हुन् । प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।

त्यस्तै ला लिगाका बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड रहने छन् । यता इटालियन सिरी एबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।

ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने छन् ।

यता, ईएसएलले घोषणा गरेको नयाँ प्रतियोगिताका लागि फिफा र यूईएफएले भने सहमति दिन नसक्ने आकलन गरिएको छ ।  फिफाले यसअघि नै प्रतियोगिताको घोषणा नगर्न बताएको थियो ।

प्रतिक्रिया