जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

कास्की – विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।

पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाइ दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाएर काममा नलगाइ ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *