सिंगापुरका जनक प्रकाश काठमाडौं किंग्सबाट ईपीएल खेल्ने


काठमाडौं – सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने सार्वजानिक गरेको हाे  ।

२१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी-२०आई खेलेका छन् । जसमा उनले ११८ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।

नेपालका ग्लोबल स्टार सन्दीप लामिछानेको कप्तानीमा काठमाडौँले चौथो संस्करणको ईपीएल खेल्दैछ । काठमाडौंले यसअघि नै पाकिस्तानका शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया