बानेश्वरस्थित बाग्मती पुलमा महिलाको शव फेला


काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया