सांगीतिक बजारमा सुरजकाे ‘भरोसा’ सार्वजानिक (भिडियोसहित)


काठमाडौं – गायक तथा संगीतकार सुरज कालाखेतीको आवाजमा रहेको ‘भरोसा’ बोलको गीत लिरिकल भिडियो सहित सार्वजनिक भएको छ । केही दिन अघि मात्र सार्वजनिक भएको यस गीतमा शब्द,संगीत स्वयं कालाखेतीकै रहेको छ ।

गीतमा विशेष गरि माया पिरतीको कथा व्यथालाई उतारेको छ भने विछोड पछि हुने पिडा समेत शब्दमा प्रस्तुत गरिएकाे छ । उक्त गीतलाई ‘सुरज कालाखेती अफिसियल’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गायक कालाखेतीले एक दर्जन भन्दा बढि गीत आफ्नो आवाज दिइसकेका छन् । पछिल्लो समय गायक कालाखेती देश विदेशमा हुने साँकृतिक र साँगीतिक कार्यक्रमहरुमा समेत व्यस्त हुन थालेका छन् ।

भिडियोः

प्रतिक्रिया