‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा रिलिज हुने

काठमाडौं – एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘ सम्हालिन्छ कहिले मन’ को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिएसंगै निर्माण कम्पनीले २०७८ फागुन २७ गते चलचित्र प्रदर्शन गर्ने भएको छ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ कोरोना भाइरसका कारण  लामो समयसम्म रिलिज हुन सकेन । हालै मिति सार्वजानिक गर्दै सिनेमा २०७८ फागुन २७ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन्।

सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ। लण्डन, स्कटल्याण्ड र वेल्स,दुबई लगाएत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह(निर्माता छन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यस चलचित्रको निर्माण बैनर एबी इन्टरनेशनल हो जो केही बर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *