आजकाे माैसम : न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस


काठमाडाैं – काठमाडाैंको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाडाैंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस अघि बिहान ६ बजे ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसमविद् मन्जु बासीका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

यसकै कारण आज काठमाडाैंमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको उनले बताए । उनका अनुसार आज वाग्मती र गण्डकी प्रदेश तथा प्रदेश १ र २ को मौसम आंशिक बद्ली हुने सम्भावना छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया