विभागद्धारा १७ औषधी पसल निलम्बन


काठमाडौं – औषधी व्यवस्था विभागले १७ वटा औषधी पसलहरुलाई कारबाही गरेको छ । विभागले कात्तिक महिनामा औषधी बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, विक्रि वितरण गरेको बिल भरपाई नभएको लगायतका औषधी पसलहरुलाई कारबाही गरेको हो ।

कारबाही स्वरुप त्यस्ता औषधी पसलहरुलाई ७ दिनदेखि २१ दिनसम्म निलम्बन गरेको विभागले जनाएको छ। म्याद गुज्रिएका, स्वास्थ्यमा असर गर्ने औषधीसमेत बिक्रि गरेको भेटिएको विभागको भनाई छ ।

कारवाहीमा पर्नेमा स्माइल केयर फार्मेसी बनेपा, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरिनरी सेन्टर, श्री बिराज औषधि पसल काभ्रे रहेका छन् । त्यस्तै, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, महसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, स्याउला वास.पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया