प्रदेश-२ मा प्रतिनिधि विवादले माओवादी सम्मेलन अन्योल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) प्रदेश-२ को अधिवेशन करिब १० दिनदेखि अन्योलमा परेको छ । प्रदेश प्रतिनिधि विवादका कारण प्रदेश सम्मेलन आइतबारसम्म टुंगोमा पुग्न सकेको छैन ।

‘रौतहटबाहेक अन्य जिल्लाका प्रदेश प्रतिनिधिकाबारेमा विवाद देखापरेपछि लामो समयसम्म लम्बिएको हो’, केन्द्रीय सदस्य बिन्देश्वर यादवले भने, ‘हिजोदेखि बन्द सत्र सुरु भए पनि प्रतिनिधि विवाद देखापरेकाले मिलाउने कोसिस गरिरहेका छौं ।’

जनकपुरमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र बभने लालबन्दी सर्लाहीमा जारी छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत सम्मेलनको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *