३३ अंकले बढ्यो नेप्से, २९ सय ३१ काे विन्दुमा परिसुचक


काठमाडौं – शेयर बजारमा  लगातार दुई दिनसम्म घटेको शेयरबजार आज भने दाेहाेराे अंकले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९ प्रतिशतले बृद्धि भई ५४३ दशमलव ७४ विन्दु कायम भएको हो । सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।

साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा २२९ कम्पनीको कारोबार भएर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया