कोरोना अपडेट : २४ घण्टामा ७४७ जनामा संक्रमण, ८ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । २४ घन्टाको अवधिमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा दुई हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भन देशभर २० हजार ७३९ संक्रिय संक्रमित रहेका छन् ।

हाल १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया