नबिल बैंक र कम्युनिटी होमस्टेबीच सहकार्य


काठमाडौं – नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता र वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्वेश्यले होमस्टेसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सहयोग गर्ने उद्वेश्यले यो सम्झौता गरिएको बताए । साथै, उनले यो सम्झौता स्थानीय स्तर तहमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा कोशेढुंगा साबित हुने बताए ।

त्यस्तै, होमस्टेका तर्फबाट अध्यक्ष ढकालले राष्ट्रिय तथा अन्तर्रास्ट्रिय समुदायमा अझ बढि फैलाएर देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने बताए । होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो, यसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रवद्र्वन गर्दछ ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

प्रतिक्रिया