कोरोना अपडेट : देशभर थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु


काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा २ हजार ४५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ । आज देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया