आईपिएल: पञ्जाबको दोश्रो जित, आज राजस्थान र कोलकता भिड्दै


इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किङ्ग्सले जित हात पारेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको हो । जित संगै पञ्जाव अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ ।

पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जावले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।

पञ्जावको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे । यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै स्कोरलाई सम्मानजक अवस्थामा पु¥याएका थिए । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मुम्बईले १३१ रन बनाएको थियो ।

मुम्बईका लागि रोहितले ६३, सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे । शामीले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए भने बिस्नोइले दुई विकेटका लागि २१ रन नै खर्चिएका थिए ।

पाँच खेलमा दोस्रो जितसँगै पञ्जाव किङ्ग्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पाँच खेलमा तेस्रो पराजयका बाबजुद मुम्बई चौथो स्थानमा कायम छ ।

यस्तै आईपिएल अन्तरगर्त आज हुने खेलमा राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्दै छन् । खेल नेपाली समय अनुसार साझ ७ ः ४५ बजे देखि सुरु हुनेछ ।

प्रतिक्रिया