एलजीले शुरू गर्यो ‘फ्रि एसी सर्भिस क्याम्प २०२२’
काठमाडौं – एलजीले फागुन ‘फ्रि एसी सर्भिस क्याम्प’ शुरू गरेको छ । यो अभियानमा हरेक ब्राण्डको एसी (एअर कन्डिस्नर) सर्भिस निःशुल्क गर्न सकिने एलजीले जानकारी दिएको छ ।
एसीका पाटपूर्जामा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा १९ प्रतिशत विशेष छुट र निःशुल्क जडान तथा विस्थापन सुविधा पाइने पनि जनाएको छ ।
एलजीका अनुसार जुनसुकै ब्राण्डको पुरानो एसीको उचित मूल्याङकन गरी नयाँ एलजी एसी पनि साट्न सकिनेछ ।
एसी फ्रि सर्भिसको लागि ९८०३६२१९२४ या ९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनुपर्ने एलजीले जानकारी दिएको छ । यो योजना सीमित अवधिको लागि नेपालभर नै लागू हुने सो कम्पनीले जनाएको छ ।