समिक्षा र विजयकाे नयाँ गीत ‘साेह्र सत्रमा’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं – चर्चित गायिका समिक्षा अधिकारी र गायक विजय दियालेको आवाजमा ‘साेह्र सत्रमा’ गीतको म्यूजिक भिडियाे सार्वजनिक भएको छ। गीतमा भेषु इन्सान मगरले संगीत र एरेन्ज गरेका हुन्।

गायक दियालेकाे आफ्नै शब्द रचना रहेकाे म्युजिक भिडियो ‘ओएसआर डिजिटल’ युटुव च्यानल मार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो।

युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल गरिमा शर्मा, मनिष श्रेष्ठका साथै फेमस अधिकारी र रोशनी तामाङले अभिनय गरेका छन्।  मनिष श्रेष्ठकाे निर्देशन रहेकाे म्युजिक भिडियोमा कोरियोग्राफी सियाेन श्रेष्ठले गरेका हुन्।

चक्रम बराल (बसु) को छायांकन रहेकाे भिडियोलाई  मिन रावलले सम्पादन गरेका छन् । राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन्।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *