५ दिनदेखि चारकाेसे झाडीमा लागेकाे आगाे नियन्त्रण बाहिर


सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ ।

हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ ।

डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन दक्ष जनशक्ति अभाव र कुनै पूर्व तयारी नगरेकाे स्थानीयकाे गुनासाे छ ।

प्रतिक्रिया